Logo
१२ बैशाख २०८१, बुधबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगनाले विवाहपूर्वको सम्बन्धको बारेमा गरेको ट्विट बन्यो भाइरल !

बलिउड अभिनेत्री कंगना रनौट पछिल्लो समय सधै जसो सामाजिक सञ्जालमा उनले पोष्ट गरेका विचारका कारण विवादमा तानिने गरेको पाइन्छ ।

कंगना पछिल्लो समयमा सामाजिक सञ्जाल ट्विटमा निकै सक्रिय रहेकी छन् । कंगना आफ्नो कुरा खुलेर सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ त्यही कारण जब उनले कहि कुराको ट्विट गरेपछि सधै जसो चर्चामा हुन्छिन् ।

त्यसैले उनलाई विवादकी रानी भन्दा पनि फरक नर्पला किन भने कुनै न कुराले निरन्तर बजारमा उनको चर्चा चलेको हुन्छ । पछिल्लो समयमा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केससँगै कंगना निरन्तर विवादमा आइरहेकी छिन् ।

हाल कंगनाले विवाहपूर्वको सम्बन्धको बारेमा ट्विट मार्फत रोचक अभिव्यक्ति दिएकी छिन् । यसले उनलाई फेरि विवादमा तानेको छ ।

उनले ट्विटमा लेखेकी छिन्, ”यो देख्न पाउँदा रमाइलो लागिरहेछ कि सबै वैमनस्यतावादी र आत्मघाती झुकाववादी नारीवादीहरुले विवाहपूर्व शारीरिक सम्बन्धहरुमा कसरी झेलिरहेका छन् । केही सम्माननीय व्यक्तिहरुले शारीरिक सम्बन्धको बारेमा कुरा गरिरहेका छन् भन्ने तर्क गरिरहेका छन् । यो सबै भिक्टोरियन र महिलाको यौन सम्बन्धको इस्लामिक दृष्टिकोणको साथमा भइरहेको छ ।”

उनको यो ट्विटको जवाफ दिदै एक प्रयोगकर्ताले गरेका छन् । ‘विवाह पुर्वको सम्बन्ध बनाउने सस्कार हाम्रो होइन् । के तपाइँ सनातन धर्मको विरुद्ध हो ।’

पछिल्लो समयमा उनको सानो भाई अक्षतको विवाह भएको थियो ।भाईको विवाहमा कंगनाले परिवारसँग समय बिताएकी थिइन् ।

कंगना हाल हैदरावादमा फिल्म थलाइवीको सुर्टिङमा व्यस्त छिन् । एजेन्सी

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्