Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फार्म हाउसमा लगानी गर्ने पहिलो कलाकारको पहिचान बनाउँदै दीपकराज गिरी !

हास्यव्यंग एवं नेपाली चलचित्र निर्देशक तथा कलाकार दीपकराज गिरीले फार्म हाउसमा लगानी गर्ने पहिलो कलाकारको रुपमा आफ्नो पहिचान बनाउँदै छन् ।

‘छक्का पञ्जा’ सिरिजले सफलता पाएसँगै नेपालमा फार्म हाउसमा लगानी गर्ने पहिलो कलाकारको रुपमा गिरीले पहिचान बनाउन लागेका हुन् ।

फार्म हाउसमा ५ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरेका दीपक ३ महिनादेखि यसै काममा व्यस्त छन् ।१० रोपनी आफ्नो जग्गा, दाजुभाईहरुको सम्पत्ति र केही जग्गा खरिद गरेर फार्म हाउस खोल्न लागेका दीपकराजलाई काम सकिन करीब २ वर्ष लाग्नेछ ।

फार्ममा ७-८ जनासम्म बस्न मिल्ने ३० वटा साना–साना घर, सभा, सेमिनार लगायतको कार्यक्रम गर्नका लागि डेढ सय जना अट्ने सभा हल बनाउने जनाइएको छ ।

त्यसबाहेक १ बिगाहा जग्गा कृषि सम्बन्धि काम गर्नको लागि छुट्टाइने पनि बताइएको छ ।

कोरोना भाइरसको कारण फिल्म निर्माणका कार्य बन्द भएकोले उनले वैकल्पिक पेशाको रुपमा फार्म हाउसलाई अगाडी बढाएका हुन् ।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्