Logo
१६ बैशाख २०८१, आईतबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहार आउँदै गर्दा करीना कपुरको आफन्तहरुसँग तामझाम

हिन्दु धर्मावलक्बीको दोस्रो ठूलो चाड दिपावली हाम्रो घर आगनमा आउन लागेको छ २८ गतेबाट तिहार सुरु हुदैँ छ । यतिबेला हाम्रो समाजमा दिपाबलीको चहलपहल बढीरहेको छ तर पनि यो साल कोरोना भाइरसको कारण त्यति पहिले जस्तो चहलपहल भने छैन तर पनि जो जहाँ छन् त्यही रमाइलो गरेर परिवारसँग बसेर परिवारमा मात्र चाडमनाइरहेका छन् ।

त्यस्तै बलिउड कलाकारहरु पनि यस पर्वलाई लिएर उत्साहित भएका छन् । करीना कपुर खान तिहारको एक सानो विशेष कार्यक्रममा आफन्तहरुसँग देखिएकी छिन् ।

जसले उनलाई र उनकै काममा सहयोग गर्छन् । यो तस्बीर करीनाको म्यानेजर पुनम दमानियले सेयर गरेकी हुन् ।तस्वीरमा करीना कपुर ,बबीता र पुनमको साथै फेशन डिजाइनर मसाबा गुप्ता र मेकअप कलाकार पाम्पी हैंसपनि देखिएका छन् ।

करीनाले सेतो रंगको कुर्ता सलवार लगाएकी छिन्, जसमाथि रातो दुपट्टा राखेकी छिन् । उनी यस समयमा गर्भवती छिन् र उनको चमक उनको अनुहारमा देखिएको छ ।

करीनाको गर्भमा बच्चा हुर्किरहेको तस्वीरमा प्रष्टसँग देखिएको छ । पुनमले तिहारको सुरुवातीमा तस्वीर सेयर गर्दै ह्याप्पी तिहार लेखेकी छिन् ।

करीनाले केही समय अगाडी एक तस्वीर सेयर गर्दै इन्स्टाग्राममा लेखेकी थिइन्, ‘टिकासँग केही त छ । मलाई धेरै मन पर्छ ।’ गर्भवतीको क्रममा पनि पनि करीनाले काम गर्दै आएकी छिन् ।

पछिल्लो समयमा उनले दिदी करिश्मा कपुरसँग एक कमर्शियल शुट गरेकी थिइन् ।भर्खरै मात्र उनले आमिर खानको फिल्म लाल सिंह चड्डाको सुर्टिङको काम पुरा गरेकी हुन् ।

यो फिल्ममा करीनाले फिमेल लिड गरेकी छिन् । आमिर खान र करीनाले सँगै काम गरेकोे यो तेस्रो फिल्म हो । एजेन्सी

 

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्