Logo
२३ बैशाख २०८१, आईतबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्य किन उदाउँदा र अस्ताउँदा रातो हुन्छ?जान्नुहोस् यसका बैज्ञानिक तथ्य !

प्रायः उदाउँदा र अस्ताउँदा सूर्य रातो हुने गर्छ ।सूर्यको रंग रातो देखिन्छ, तर, यसको मतलब सूर्यले रंग परिवर्तन गरेको होइन । धुलो, बादल, धुवाँ र अन्य तत्वहरूले आकाशको रंगलाई असर गर्छ ।

तर, वास्तवमा यसको पछाडि पूर्ण रूपमा वैज्ञानिक कारणहरू हुन्छन् । कहिलेकाहिँ आकाशमा भएको सूर्यको रंग रातो वा सुन्तला रंगको हुने गरेको धेरैले देखेका हुन्छन् ।

सूर्यको प्रकाशले सूर्यबाट बाहिर निस्केर वातावरणमा प्रवेश गर्दा धुलो र माटोको कणहरूसँग मिलेर र चारैतिर फैलने प्रक्रियालाई लाइट स्क्याटरिंग भनिन्छ ।

सूर्यको प्रकाशको स्क्याटरिंगसँग सम्बन्धित रहेको हुनाले देख्न मिल्ने प्रकाश, स्पेक्ट्रमको सबै रंगहरू (रातो, सुन्तला, पहेंलो, हरियो, निलो, गाढा निलो र बैजनी) बाट बनेको बुझ्न आवश्यक छ ।

तर, यी रंगहरू समान रूपमा छरिएका हुँदैनन् । प्रत्येक रंगको आफ्नै वेभलेन्थ हुन्छ, जसले रंगलाई त्यही रंग जस्तो देखाउँछ । रोयल संग्रहालय ग्रिन्चका खगोलशास्त्री एडवर्ड ब्लूमरका अनुसार सूर्यको प्रकाशको प्रकाशीय गुण पृथ्वीको वातावरणबाट पास हुन्छ ।

सूर्यको किरण विभिन्न हावाका तहहरू भएर जान्छन्, जहाँ विभिन्न घनत्वका ग्यासहरू हुन्छन् । त्यसपछि प्रकाश दिशा परिवर्तन गरेर बाटिन्छन् । वातावरणमा भएका केही कणहरूले यी प्रकाशलाई प्रतिबिम्बित गर्छन् ।

घाम अस्ताउँदा वा उदाउँदा किरणहरूले वायुमण्डलको माथिल्लो तहबाट निश्चित कोणमा हिर्काउँछ । सूर्यको किरणहरू माथिल्लो तहमा गएपछि निलो रंग विभाजित हुन्छ र यो शोषण भएको रूपमा प्रतिबिम्बित हुन थाल्छ ।

बैजनी र निलो रंगका किरणहरू छोटो वेभलेन्थका कारण लामो दूरीको यात्रा गर्न सक्षम नहुँदा छरिएर बस्छन् । तर, सुन्तला र रातो किरणले लामो दूरीको यात्रा तय गर्ने हुँदा आकाशमा एक सुन्दर दृश्य देखा पर्छ ।

ब्लूमरका अनुसार सूर्यको तापक्रम क्षितिजमा कम हुँदा प्रकाशको नीलो र हरियो रंगरू छरिन्छन्, र बाँकी भएका प्रकाशलाई सुन्तला र रातो रंगहरूमा मात्र देख्छौं ।

यस सुन्दर दृश्य बनेको बेलामा सूर्यलाई सिधा आफ्नो आँखाले हेर्न हुँदैन । आँखालाई बिगार्न वा अन्धो बनाउन सक्ने हुँदा टेलिस्कोपको प्रयोग गर्न सुझाइएको छ ।एजेन्सी

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्