Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! मानव स्वास्थ्यका लागि रामवाण माइक्रो ग्रिन्सका फाइदा

माइक्रो ग्रिन्स सातदेखि १५ दिनमा उत्पादन हुने खानयोग्य साना-साना मुना (बिरुवा) लाई चिनिन्छ। संसारभर निकै प्रसिद्ध मानिने माइक्रो ग्रिन्सको खेती नेपालमा पनि सुरु भएको छ।

माइक्रो ग्रिन्स खाना सजाउन अति नै उपयोगी र स्वास्थ्यवद्र्धक जडिबुटी हो।विभिन्न बोटानिकल फार्ममा यसको खेती सुरु भएको छ। यसको मुख्य खपत भने विभिन्न तारे होटल, रेस्टुरेन्ट र उच्च घरानामा हुन्छ।

माइक्रो ग्रिन्सलाई ब्रासिकेसी, ऐसटिरेसी, एपिएसी, अमर्यल्लिदासए, अमारन्थेसी, क्युकरबिट्स गरी ६ फेमेलीमा विभाजन गरिएको छ।

यी प्लान्टहरु फेमेलीअनुसार पहिलोमा काउली, बन्दा, ब्रोकाउली, पक्चोय, तोरी, मुला, फापर, वाटर क्रेस, अरुगला, वासबी पर्छन् भने दोस्रो फेमेलीमा लेटुस, चिकोरी, इन्डुप्स, राडिसियो पर्छन्।

त्यस्तै तेस्रो फेमेलीमा दिल (सोप), सेलरी, गाजर र फिनेल पर्छन्। चौथो फेमेलीमा लसुन, प्याज, लिक पर्छन्। पाँचौ र छैटौंमा क्रमशः पालक, चुकन्दर, किनोवा र फर्सी, काक्रो, मेलन पर्छन्।

अनुसधानले देखाएअनुसार परिपक्व ग्रिन्सभन्दा ९ गुणा ज्यादा पोषक तत्व माइक्रो ग्रिन्समा पाइने साबित भएको छ।माइक्रो ग्रिन्समा परिपक्व ग्रिन्समा भन्दा अतिरिक्त भिटामिन्स, मिनेरल्स र ऐन्टिआक्सिडेन्ट पाइन्छ।

माइक्रो ग्रिन्सका फाइदा

-कोलस्टोर लेबल मिलाउन मद्दत गर्छ।

– मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ।

– मेथीको माइक्रो ग्रीन्स खाँदा सुगरका रोगीलाई धेरै फाइदा पुर्‍याउँछ।

– पुदिनाको माइक्रो ग्रिन्सले खाना पचाउन पर्याप्त मद्दत गर्छ।

– ब्रोकाउलीको माइक्रो ग्रिन्सले ब्रेन फङ्सनमा मद्दत पुर्‍याउँछ।

– एसिडिटी कम गर्न मद्दत पुर्‍याउँछ।

– स्प्राउट तथा माइक्रो ग्रिन्सले रगत सर्कुलेसनमा विशेष भूमिका खेलेको हुन्छ।

– लसुनको माइक्रो ग्रिन्सले स्किनलाई मुलायम गर्नुका साथै चिसोबाट जोगाउँछ र कलेजोलाई दीर्घ जीवन दिन्छ।

– क्यान्सर जस्तो भयानक रोग लाग्नबाट जोगाउँछ।

– स्वस्थ र सिल्की कपालका लागि पनि माइक्रो ग्रिन्स राम्रो मानिन्छ।

– जौको माइक्रो ग्रिन्सले भोक कम लाग्न मद्दत गर्छ र मटोपन घटाउन सजिलो हुन्छ।

– मकैको माइक्रो ग्रिन्सले आँखाको भिजन राम्रो र तेज हुनमा मद्दत गर्छ साथै स्वस्थ कपालका लागि उपयोगी मानिन्छ।

केमा प्रयोग गर्ने, कसरी खाने?

माइक्रो ग्रिन्सलाई मुख्यतयाः होटलरेस्टुरेन्टमा माइक्रो ग्रिन्सलाई खाना सजावटका लागि व्यापक प्रयोग गरिन्छ। पिज्जा बनाउँदा पनि माइक्रो ग्रिन्स मिसाउनाले अत्यन्त राम्रो र ताजा देखाउँछ।

माइक्रो ग्रिन्स खाने विभिन्न तरिका छन्। यसलाई सुपमा हालेर खान सकिन्छ। जुस बनाएर खान सकिन्छ। त्यस्तै सलाद बनाएर खाँदा अति उपयोगी मानिन्छ।

माइक्रो ग्रिन्स त्यत्तिकै खाँदा पनि फाइदा पुर्‍याउँछ। स्यान्डिच बनाउँदा पनि माइक्रो ग्रिन्स प्रयोग गर्न सकिन्छ र विभिन्न खाना सजाउँदा खानाको माथिल्लो भागमा राख्दा अझ शोभायमान देखिन्छ।

बिहानको ब्रेकफास्टमा पनि माइक्रो ग्रिन्स अति नै स्वास्थ्यवद्र्धक मानिन्छ। अन्डाको अम्लेट या पास्तामा पनि माइक्रो ग्रिन्स राम्रो देखिन्छ र स्वादिष्ट बनाउँछ, ताजा देखाउँछ। स्वास्थ्य पत्रपत्रिका

 

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्