Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रधान कार्यालयले खुलायो ३६० जना सहयोगी दरखास्त

प्रहरी प्रधान कार्यालयले ३६० जना ‘प्रहरी कार्यालय सहयोगी’ का लागि दरखास्त आव्हान गरेको छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले खुला र समावेशी गरी मालीरबगैंचे, भान्छे, हजाम, सिलाइरबुनाइ, कुचिकार र खेलाडीमा गरी ३६० जनाका लागि शुक्रबार सूचना प्रकाशित गरेको हो ।

कार्यालयका अनुशार ९ जना मालीरबगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ÷बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि माग गरिएको छ ।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिलारपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।

खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ।

साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्