Logo
२४ बैशाख २०८१, सोमबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीमा कोरोना पुष्टि भएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरेको छ ।

नगरपालिका र वडा कार्यालयमा कार्यरत ११ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको नगरपालिकाले जनाएको छ ।

सङ्क्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने भएकाले कात्तिक २४ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

कोरोना सङ्क्रमित एक कर्मचारीको काठमाडौँमा उपचार भइरहेको छ भने अन्य दश जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्