Logo
१३ बैशाख २०८१, बिहीबार
(October 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।

दशैमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियतहुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहीपौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वातारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दसैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर खाँदा सावधानी अपनाएर खानुपर्छ ।

बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने । माछाको मासुले बरु त्यति असर गर्दैन । दशैँमा मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्ने हुन्छ तल बताईएको छ ।

१. रातो हैन सेतो मासु खानुस् 
दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछा मासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ। यसले मुटु रोगीलाई भन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको मासुलाई जनाउँछ ।

२. छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमाचिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनिविभिन्न रोगहरुलाई निम्तो दिन्छ ।
३. मसलाको प्रयोग कम गर्नुस् 
दशैंको परिकारहरुमामसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन ।

४. धुम्रपान र मद्यपान नगर्नुस् 
दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।

५. ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस् 
दसैंका बेलाचिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएकाअचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनियसले लाभ गर्दैन ।

६. फुड प्वाइजनबाट जोगिनुस् 
यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदाहामीले खाएको खानेकुरा अपचभएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दशैंदशाबनेको कतिपय उदाहरण छन्। चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ । तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानिगर्ने गर्छ ।

७. शाकाहारीमा जोडदिनुस्, व्यायाम गर्नुस् 
दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै कामगर्नेले थोरै खानुपर्छ। कामकम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन ।

प्रकाशित मिति: Oct 24, 2020

प्रतिक्रिया दिनुहोस्