Logo
१५ बैशाख २०८१, शनिबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुटुको समस्यादेखि प्रोस्टेट क्यान्सरबाट बचाउने भुटेको लसुनको जान्नुहोस् थप फाइदा !

लसुन हामीले सामान्यतया मसलाको लागि प्रयोग गर्ने गर्छौ तर यो एक औषधी जन्य बस्तु हो । लसुनलाई एक मत्वपूर्णमा लिने गर्छ आयुर्बेदिक उपचार पद्धतिमा ।

आज हामी तपाईहरुलाई भुटेको लसुनको फाइदाबारे जानकारी दिन गइरहेका छौ ।लसुनलाई खानामा मात्र नभईकन स्वास्थ्यको लागि पनि निकै फाइदाजनक भनिएको छ तर काँचो लसुनभन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् ।

विशेषगरी पुरुषहरुको लागि भुटेको लसुन निकै नै फाइदाजनक रहेको छलसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ । यसमा सेलेनियम, भिटामिन्स हुन्छ ।

यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ । यो हामीले भनेको हैन अमेरिकन हर्ट एसोसिएशनको रिसर्चले देखाएको हो।
लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ ।

भुटेको लसुनका फाइदाहरू

रोग प्रतिरोधक क्षमता

भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । यसमा एन्टि बैक्टीरियल तत्व हुने गर्छ जसले चिसोबाट मात्र नभईकन थकानलाई पनि भगाउने काम गर्दछ ।

अधिक स्टामिना

भुटेको लसुन स्वास्थ्यको लागि राम्रो मानिएको छ । यसमा लिसिन हुन्छ जसले शरीरको रक्त चाँपलाई सही राख्ने गर्दछ ।

दातको दुखाई कम

यदि दातमा दुखाई छ भने लसुन राम्रो उपाय रहेको छ । भुटेको लसुनलाई पिसेर दातमा राख्नाले आराम मिल्छ र दुखाई कम हुन्छ । लसुनमा एन्टी बैक्टीरियल तत्व हुने गर्छ जसले दातमा भएको दुखाईलाई सिधा असर पार्ने गर्दछ ।

पेटको रोगबाट टाढा

भुटेको लसुनले पेटसम्बन्धि रोगहरुबाट टाढा राख्ने काम गर्दछ । हरेकदिन भुटेको लसुन खानाले छातीमा हुने जलनका साथै पेटमा हुने रोगहरुबाट टाढा राख्ने काम गर्छ ।यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ । भुटेको लसुन खाने ३ तरिका भुटेको लसुन महमा मिलाएर खानुहोस् ।पत्रपत्रिका

 

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्