Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीद्वारा नेपालसँग छलफल, पूर्व एमाले पुनः एक ठाउँमा आउने संकेत

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच हिजोमङ्गलबार अपराह्‍नतिर भेटवार्ता भएको छ ।

उनीहरूबीच झन्‍डै तीन घण्टा कुराकानी भएको नेपालनिकट स्रोतले जानकारी दियो । करिब तीन महिनापछि भएको भेटमा कमजोर महसुस गरेका ओलीले नेता नेपाललाई सहकार्यको प्रस्ताव गरेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच पछिल्लो साउन ९ गते शुक्रबारयता भेट भएको थिएन । त्यतिबेला पनि प्रधानमन्त्रीले चैतको महाधिवेशनपछि पार्टीको नेतृत्व लिने गरी सहकार्यको प्रस्ताव गरेका थिए ।

उनले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिएको बुझिएको छ । आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको समेत नेपालको जवाफ थियो ।

म सधैं सहमतिबाट जाने पक्षमा छु, तपाईं नै मोडिनुभयो, नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो ।ओलीले नेपाल प्रचण्डसँग नजिकिएर आफ्नोविरुद्ध उत्रिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले प्रचण्डले सरकार र पार्टी सञ्चालनमा अप्ठ्यारो पारेको भन्दै नेपाललाई साथ दिन आग्रह गरेका थिए ।

मन्त्रिमण्डल पुर्नगठनमा समेत सहमतिबाट बढ्ने भन्दै नेपाललाई मिलेर जाने प्रस्ताव गरेको बुझिएको छ । नेपालले भने आफूले यसबारे निकटस्थहरुसँग परामर्श गरेर बढ्ने जवाफ दिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच मङ्गलबार वन टु वन कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको हो ।

नेकपाभित्र ओलीलाई हटाउन नयाँ डिजाइन बनिरहँदा बालुवाटारमा हिजो नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । यसले पूर्व एमाले पक्ष पुनः एक ठाउँमा आउने संकेतहरु देखिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कणाली विवाद उत्पन्न भएसँगै माधवकुमार नेपाल हिजो ओलीसँग भेट गरेका थिए भने आज दाहालसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्