Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

कोरोना भाइरसका कारण सारिँदै आएको बाणिज्य महासंघको निर्वाचनको मितिको कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११ र १२ गते तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुने महासंघले जानकारी दिएको छ ।गत चैतमै हुनुपर्ने निर्वाचनको मिति कोरोना भाइरसका कारण सारिँदै आएको थियो ।

नयाँ कार्यतालिका अनुसार निर्वाचनका लागि तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ । जसअनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गर्ने सूचनामा भनिएको छ ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै भिन्दा भिन्न भिन्न ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्