Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिसेस नेपाल २०२०’ का लागि आवेदन खुल्यो

विवाहित महिलहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’ का लागि आवेदन खुला गरिएको छ ।

इप्लानेटले नियमित आयोजना गर्दै आएको विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’ आवेदन खुला गरिएको हो ।

आयोजनक इप्लानेट प्रालिले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जानकारी दिएको छ ।

ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो वर्ष कोेरोना महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्क्ति मध्ये पनि आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ प्रशिक्षण प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा २१ वर्षदेखि ५५ वर्ष उमेर बीचका विवाहित नेपाली महिलाले मात्र सहभागिता जनाउन पाउने आयोजक इप्लानेटले जनाएको छ ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्