Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : महिलाको महिनावारी सुक्ने बेलामा देखिने ९ लक्षण र समाधानका यी उपाय

महिनावारी हुनु महिलाको प्राकृतिक प्रकृया हो । जब महिला महिनावारी हुन्छ त्यसपछि मात्र प्रजननको लागि योग्य मानिन्छ । साथै महिनावारीबाट अशुद्ध रगत जाने गर्छ ।

त्यस्तै महिनावारी सुक्नु महिलामा पनि महिलामा प्राकृतिक प्रकृया नै हो । यो त्यतिबेला हुन्छ, जब महिलालाई लगातार १२ महिनाको अवधिसम्म महिनावारी हुँदैन।

यो प्राकृतिक प्रकृया भएपनि महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन्। यसको बारेमा पूर्ण ज्ञान अर्थात् जानकारीले समस्या सम्बन्धी चिन्ता र बोझ कम गर्न मद्दत गर्छ।

यो प्राकृतिक प्रक्रिया भए तापनि सर्जरी, रेडिएसन थेरापी अथवा केमोथेरापी जस्ता उपचारहरुको कारणले पनि हुनसक्छ। प्रायः यो महिलामा ४५-५५ वर्ष उमेरमा सुरु हुने गर्छ।

महिलामा एस्ट्रोजन भन्ने हर्मोन पाइन्छ। यो यस्तो हर्मोन हो, जुन महिलाको डिम्बासयले उत्पादन गर्छ। उमेर बढेसँगै एस्ट्रोजनको उत्पादनमा कमी हुँदै जान्छ र महिनावारी सुक्ने लक्षणहरु देखा पर्न थाल्छन्।

यी लक्षण एकदमै पिडादायक हुने गर्छन् तर पछि आफै सुधार हुदै जान्छ ।

महिनावारी सुक्ने बेलामा देखिने  लक्षण

– टाउको दुख्ने

-मुड परिवर्तन

-निद्रामा समस्या

– शरीर तात्ने, गर्मी महसुस हुने र पसिना आउने

– चिन्तित हुने

– महिनावारी चक्रमा परिर्वतन

-यौन इच्छामा कमी हुने र पीडादायक सम्भोग

– छाला र कपालमा सुख्खापन

-योनीमा सुख्खापन

समाधान

-कोठा र शरीरलाई शीतल बनाएर राख्ने।

– पसिना सोस्ने सुतीको खुकुलो सजिलो कपडा लगाउने।
– हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने।
– गर्मीमा हलुका खाना खाने।

– क्याल्सियमको मात्रा पनि समयसमयमा हेर्नुपर्छ किनभने उमेर बढेसँगै क्याल्सियमको मात्रा कम हुँदै जान्छ र हड्डी कमजोर बनाउँछ।

– तनाव घटाउने, आराम गर्ने, योग, ध्यान गर्ने।

-आवश्यक परे परामर्श सेवा लिने।
– मुड फ्रेस राख्न मन पर्ने सामाजिक, परिवारिक गतिविधिहरुमा सहभागी हुने।

-योनीको सुख्खापन वा यौन समस्या समाधानका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह गर्ने।

– छाला/कपाल धेरै सुख्ख भए, स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने।

– ३० वर्ष पुगिसकेका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गर्नुपर्छ।

– नियमित एउटै समयमा सुत्ने र उठ्ने।
– महिलाले प्रत्येक महिना स्वयं स्तन जाँच गर्नुपर्छ। जसले समयमै स्तन क्यान्सर पत्ता लगाउन मद्दत गर्छ। (स्वास्थ्य पत्रिका)

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्