Logo
१३ बैशाख २०८१, बिहीबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! बलिउडका यी ५ स्टारका पहिलो तलब कती ?

मानिसको जीवन सानोबाट संघर्ष गर्दै ठूलो पदमा पुग्ने गर्छन् । धरै जसो मानिसको सोचमा कलाकार भएसि नाम र दाम दुबै कमाइन्छ भनेर तर कलाकार बन्न पनि उनिहरुले सानो लेवलबाट काम गर्दै मेहनत गर्दै संघर्ष गर्दै अनि उच्च तहको कलाकारमा पुगेका हुन्छन् ।

कोही मानिसपनि विना मेहनत सफल हुन सक्दैन त्यसैले जीवनमा सफलता हुनको लागि मेहनत एकदमै आवश्यक छ । मेहनले नै नाम दाम दिने गर्छ ।

धनि व्यक्तिहरुको सूचीमा सूचीकृत हुने बलिउडका केही सेलिब्रेटीहरुले सुरुवातीका दिनहरुमा निकै मेहेनत गरेका थिए । उनीहरुले सुरुमा गरेका कामको तलब पनि निकै कम लिएका थिए ।

बलिउडका सेलिब्रेटीहरुको कमाई, सम्पत्ति र तलब सुन्दा जो कोहिलाई पनि अचम्म लाग्छ। कलाकार बन्न एकदमै गारो छ । किन भने त्यहाँ एकदमै मेहनतको जरुरत पर्छ ।

कमाइको लागि शुटिङमा जे स्क्रपट छ त्यस्तै रोल गर्नु पर्ने हुन्छ, कुनै सजिलो हुन्छ भने कुनै ज्यानलइ बाजि राख्न समेत पर्ने हुन्छ ।

आज हामी तपाईलाई बलिउड ५ कलाकारको पहिलो कमाइ कति भन्ने विषयमा जानकारी दिन गइरहेका छौ ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनसँग आज जति सम्पत्ति छ त्यति उनले सुरुका दिनहरुमा कल्पना पनि गरेका थिएनन् होला ।

उनले हिरो बन्नको लागि एक शिपिङ फर्ममा काम गर्थे जहाँ उनको तलब ५०० थियो ।उनी कुनै समय फिल्म पाउनको लागि संघर्षरत थिए ।

अक्षय कुमार

बलिउडका ‘खेलाडी’ नामले परिचित अक्षय बलिउडमा अझै पनि उत्तिकै व्यस्त र धेरै कमाई गर्ने अभिनेतामा पर्छन् । तर, फिल्ममा आउनुअघि उनले अक्की बैङ्ककको एक रेष्टुरेन्टमा शेफको काम गर्ने गर्थे । जहाँ उनले हरेक महिना १५०० तलब दिइन्थ्यो ।

शाहरुख खान

बलिउडका बादशाह शाहरुख आजभोलि एउटा फिल्म खेल्नको लागि निकै मोटो रकम लिने गरेका छन् । तर, उनले सुरुमा लिएको तलबको बारेमा सुन्दा अचम्म लाग्न सक्छ ।

उनले पहिलोपटक गायक पंकज उदासको कन्सर्टमा काम गरेबापत ५० रुपियाँ लिएका थिए । उक्त पैसाले शाहरुखले ट्रेनको टिकट खरिद गरे र ताजमहल हेर्न आगरा पुगे ।

आमिर खान

बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खान हिन्दी सिनेमाका सबैभन्दा महङ्गा स्टार मध्येका एक हुन् । उनले आफ्नो करियरको सुरुवातमा असिस्टेन्ट डाइरेक्टरका काम गरेका थिए । जसबापत उनले एक हजार तलब पाएका थिए । उनले पहिलो तलब आफ्नी आमालाई दिएका थिए ।

प्रियंका चोपडा

बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मात्र होइन हलिउडमा पनि निकै राम्रो नाम कमाएकी छिन् । उनी आजभोलि एउटा प्रोटेक्टको लागि करोडौं लिने गर्छिन् ।

तर उनको पहिलो तलब ५,००० रुपियाँ थियो । यो पहिलो कमाई उनले उनकी आमालाई दिएकी थिइन् । उनकी आमाले अझै पनि उक्त पैसाको चेक जतनले राखेकी छिन् ।

 

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्