Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुठ बोलेको कसरी पत्ता लगाउने? थाहापाउनुहोस् यी तरीका !

बोल्दा कसले कति झुठ बोल्छ भन्ने अन्दाजै हुदैन । जीवनमाझुठकुराले धरै अप्ठेरो पार्र्ने गर्छ किनभने भनिन्छ झुठ बोल्ने मान्छेको झुलेर पनि संगत गर्नु हुदैन ।

यदि हामीसँग कोहि मानिसले झुठ बोलेर उसको जीवन नै ववार्द अथवा ठगी गरीरहेको हुन्छ । तर यदि कोही मानिस हामी सँग झुठ बोल्दै छ भन्ने कुरा पत्ता लगाउने केही तरीकाको बारेमा आज हामी कुरा गर्दैछौ ।

जीवनमा कहिले काँही हामीले झुठ बोल्नु पर्ने पनि हुन्छ जुन कुराले कसैको जीवन ववार्द हुन्छ र कसैलाई नोक्सान हुन्छ भने त्यस्तो ठाँउमा हामीले झुठको सायता पनि लिन पर्ने हुन्छ ।

तर अहिलेको बर्तमान समयमा झुठको खेती मात्र गर्ने मानिसको बानीको विकास भइरहेको छ । मानिसले झुठको विषयमा फरक फरक मत दिइरहेका हुन्छन् ।

कसैले झुठलाई सहनुहुँदैन र तत्काल प्रतिक्रिया दिनुपर्छ भन्छन् भने कसैलै सहेर बसिरहेका हुन्छन् । एक सर्वेका अनुसार सामान्य व्यक्ति दिनमा करीब ६ पटक झुठ बोल्छ । विशेषत्रहरुले उस्ले बोल्ने भाषा र मानिसको हाउभाउले पनि पत्ता लगाउन सकिन्छ भनेका छन् ।

-कोही मानिस तपाइँप्रति इमान्दार छ वा छैनन् उसको बोल्ने भाषबाट नै पत्ता लाग्छ । उसले बोल्दै गर्दा एक प्रकारको असहजता देखिन्छ । यस्ता मानिसले कुनै समयमा तपाइँको साथ छाड्न सक्छन् ।

-सामान्यतया झुठ बोल्ने मानिसले आँखा जुधाँउन कोशिश गर्दैन वा धेरै नै आई कन्ट्याक गर्ने कोशिश गर्छ । यसकुरालाई लिएर कसैको झुठ पत्ता लगाउन सकिन्छ । कोहि मानिस आफ्नो झुठ लुकाउन आक्रामक हुने गर्छन् । सधै झुलाउने गर्छन् ।

-कोही झुठ बोल्ने मानिस थोरै हलिन्छन् । झुठा बोल्ने मानिस प्राय अगाडी भएको मानिसको कुरालाई मात्र जवाफ दिने गर्छन् ।

-कयौँ पटक जो मानिस झुठ बोल्छन् उनीहरुको परेला धेरै झिम्किन्छ । उसको हासो कम हुन्छ वा हात बाधेर कुरा गर्छ ।

–कयौँ पटक अत्तालिने वा झुठ बोल्ने व्यक्तिले आफ्नो अनुहार कपालले छेक्छन् ।

-यदि मानिस झुठ बोलिरहेका छन् भने कुराको शिर्षक चाडै नै बदल्नु पर्छ । कुराको शिर्षक परिर्वतन गर्दा झुट व्यक्ति भित्र भित्रै निकै खुशी हुन्छ । यसरी पनि झुठ बोलेको थाहा पाउन सकिन्छ । यी तरीकाले कसैको झुठ पत्ता लगाउन धेरै प्रभाव पार्न सक्छ । किनकि सोधपुछको क्रममा धेरे मानिसहरुले यस्तै व्यवहार गर्ने गर्छन् ।

-झुठ बोल्ने मानिस आफैलाई सबैभन्दा पहिला रक्षात्मक तरिकाले प्रस्तुत हुन्छन् । निर्दोष व्यक्ति ढुक्क हुन्छ ।एजेन्सी

 

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्