Logo
१२ श्रावण २०८१, शनिबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सर हुनबाट बचाउने तोरीको तेलको जान्नुहोस् थप फाइदाहरु

तोरीको तेल हामीसबैले खान पकाउन प्रयोग गछौ । विशेष गरेर नेपाल तथा भारतमा तोरीको तेल खान पकाउनको लागि प्रयोग गर्ने गर्छौ।

नेपालमा त तोरिको तेल कपाल तथा शरीरमा लगाउनको लागि पनि प्रयोग गर्ने गर्छाै । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट, २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ ।

यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन ।

तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ ।

यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ ।

मुटुुका लागि उपयोगी
तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् ।

तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक र हाइपोलिपिडेमिक तत्व पाइन्छ । यसले एलडीएल ९खराब० कोलेस्टेरोल घटाई र एचडिएल ९असल० कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

क्यान्सरको खतरा घटाउँछ
अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो ।

चिसो र रुघा निको पार्छ
तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

प्राकृतिक शक्तिबद्र्धक
तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ

तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ ।

नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

जोर्नी दुख्ने र बाथ निको पार्छ
तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ ।

दममा उपयोगी
दम यस्तो रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ ।

यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ ।

एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ ।

 तोरीको तेलमा अन्य फाइदा

दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ ।

मष्तिष्कको कार्यक्षमता बढाउँछ ।

शरीरका काला धब्बा हटाउँछ ।

छाला स्वस्थ बनाउन मद्दत गर्छ ।

छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ ।

प्राकृतिक सनस्क्रीनको काम गर्छ ।

तोरीको तेल चायाँ पर्न दिँदैंन ।

कपाल चाँडै फुल्न दिँदैंन ।

कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन । (स्वास्थ्य पत्रिका )

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्