Logo
१९ जेष्ठ २०८२, आईतबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रम्बुटान फल के हो? जानुहोस् यसको सेवनबाट स्वास्थ्यका लागि हुने अनेकौँ फाइदा!

रम्बुटान फल अहिले नेपालमा निकै चर्चा हुने गरेको छ । यो फल देख्नमा निकै आकर्षक हुने गर्छ ।

काँचोमा केही अमिलो हुने र पाकेपछि गुलियो हुने यो फल लिची जस्तै आकारको हुन्छ। तर लिचीभन्दा निकै आकर्षक देखिन्छ। बाहिर झुसिलो काँडा भएको रेभित्र सेतो गुदी भएको यो फल स्वास्थ्यका लागि निकै राम्रो मानिएको छ।

रम्बुटान सेपिन्डेसी परिवारमा पर्ने मध्यम आकारको उष्णकटिबन्धीय रुख हो। यो फल गल्फ बल साइजको हुन्छ र बाहिर कर्ली झुस जस्तो देखिन्छ। रम्बूटान सैपिन्डेसी परिवारमा पर्ने मध्यम आकारको उष्णकटिबंधीय रुख हुन्छ ।

यो फल गल्फ बल साइजको हुन्छ र बाहिर कर्ली झुस जस्तो देखिन्छ । यसको नेपाली नामाकरण नभेटिए पनि बैज्ञानीक नाम नेफेलियम (Nephelium lappaceum) हो ।

ट्रोपिकल फलहरु मध्ये यो एक उत्क्रिट फल हो । यो फलमा पर्याप्त आइरन,भिटामिन सि,कपर,अन्टीटक्सिन पाईन्छ ।

श्रीलन्का,मलेसिया,थाइल्यान्ड,बर्मा,भारत,भेतनाम,फिलिपिन्स,इन्डोनेसियामा प्रसस्त पाईन्छ । रम्बुटान शब्द मलय शब्द्दबाट आएको हो र यसको अर्थ हो कपाल त्यसै कारण यो फलको नाम रम्बुटान रहन गएको हो । जुन फलको बाहिरी भाग कपालाई कपाल जस्तो जुनड्रुङ हुन्छ ।

बालुवा,माटो,कम्पोस्ट मल मिसाएर यो फल घरमा पनि सार्न सकिन्छ । यसको दानाबाट बेर्ना निकालिन्छ र नर्सरीहरुमा सहज रुपमा बेर्ना उपलब्द्द हुन्छ । आँफै दाना उमार्ने हो भने बेर्ना निकाल्न १० देखी छ दिन लाग्छ तर दाना बिज्ञसँग सल्लाह गरेर मात्र लिदा राम्रो मानिन्छ ।

यो एक बहुआयामिक फलको रुपमा लिइन्छ। यो फलको जाम,पुरी,जुस,स्मुथी,लास्सी,सलाद आदी इत्यादी बनाएर जसरी खादा पनि हुन्छ ।

यो फलको भित्री भागमा एउटा मात्र कडा खालको हाडे बिया हुन्छ त्यसै कारण यो फललाई ट्रोपिकल फ्रुट पनि भनिन्छ । गर्मी मौसममा यो फल निकै राम्रो मानिन्छ । यो फल पछिल्लो समयमा आएर नेपालमा पनि निकै लोकप्रियता बढेको छ ।

फाइदा

-शरीरको वजन सन्तुलनका लागि यो फल उत्तम मानिएको एक अध्ययनले देखाएको छ।

– डाइबिटिजका बिरामीका लागि उपयोगी फल मानिन्छ।

– हड्डीको मजबुतीका लागि पनि उत्तम मानिएको छ।

– मुटु सम्बन्धी समस्या निदान गर्न उत्तम फल हो।

– क्यान्सर जस्ता खतरानाक रोग रोकथामका लागि उत्तम मानिन्छ।

– यो फलमा भिटामिन सी प्रशस्त पाइने हुँदा चिलाउने समस्या र कपालको समस्या हुनेलाई पनि राम्रो मानिएको छ।

– किड्नीको सफाइका लागि पनि यो नियमित खाँदा राम्रो मानिन्छ।

-पाचन शक्तिका लागि पनि यो फल खाँदा राम्रो मानिन्छ।

– छाला सम्बन्धी समस्या हुनेलाई पनि राम्रो मानिन्छ।

– कोलेस्टेरोल घटाउन पनि उत्तम साबित भएको छ।

– शरीरमा भएको अनावश्यक बोसो कटाउन पनि राम्रो फल हो।

– बलियो दाँतका लागि पनि रम्बुटान फल राम्रो मानिन्छ।

– रातो र सेतो रक्तकोषिका बढाउन सहयोगी साबित।

-सामान्य बिरामीका लागि पनि राम्रो औषधि मानिन्छ रम्बुटान।

-इम्युनिटी पावर बढाउन उत्तम मानिन्छ।

– यो फललाई इनर्जी बस्टरका रुपमा लिइने हुँदा शरीरिक शक्तिका लागि पनि नियमित खान सकिन्छ। (पत्रपत्रिका)

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्