Logo
१५ बैशाख २०८१, शनिबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा

विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई सन् २०२० को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको छ ।

द्वन्द्व अन्त्य गर्न, शान्ति स्थापना गर्न, राष्ट्रहरुबीचमा सम्बन्ध सुधार्न भूमिका खेल्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने यस सम्मानित पुरस्कार यस वर्षका लागि भने विश्व खाद्य कार्यक्रमका लागि दिइने भएको हो ।

१० लाख अमेरिकी डलरको यो पुरस्कार भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई दिने निर्णय गरिएको नर्वेजियन नोबेल कमिटीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको उल्लेख गरिएको छ ।

यसअघि यस पुरस्कारबाट एम्नेष्टी इन्टरनेशनल, युरोपियन युनियन, अमेरिकी पूर्वराष्ट्रपतिहरु बराक ओबामा, जिम्मी कार्टर, मलाला यूसुफजाई, कोफी अन्नान, नेल्शन मण्डेला, मार्टिन लुथर किंङ जुनियरलगायत सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्