Logo
१५ चैत्र २०८०, बिहीबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : डुरियन फल सेवन गर्दा स्वास्थ्यका लागि हुन्छन् यस्ता फाइदा

डुरियन फललाई शक्तिको मुख्य श्रोतको रुपमा लिइने गरिन्छ । त्यसैले यसलाई फलको राजा पनि भनिन्छ । यो फलको ओजन ६०० देखी ७०० ग्राम सम्महुन्छ ।

सय ग्राम डुरियल फल खादा १४७ क्यालोरी शक्ति प्राप्त हुने हुँदा यो धेरैका लागि उपयोगी फलको रुपमा लिइन्छ । यो फल हाम्रो रुख कटहर जस्तो देखिएता पनि यसको भिन्न बिशेषता छ ।

यो फललाई भिटामिन र मिनेरल्सको भन्डार (ग्यालोरी)भनेर पनि चिनिन्छ ।यो फलको बैज्ञानीक नाम डुरियो हो भने मॅलोस उच्च बर्गिकरण र मैलवेलीस समुहमा राखिएको छ ।

जर्मन रिसर्च सेन्टर फर फुड केमेस्ट्रीका अनुसार यसको गन्ध महको या रोस्ट गरिएको प्याजको जस्तो भिन्न खालको हुन्छ ।अमेरिकन कृषि बिभागको अनुसन्धान अनुसार यो फल प्रोटिन,कार्बोहाइडेड,फाइबर,क्याल्सिय,पोटासियम,भिटामिन सि,रिबोफलाभिन फोलट पर्याप्त पाइने हुनाले सबैलाई उत्तम रहेको छ ।

आज हामी तपाईलाई यसका फाइदाहरुबारे जानकारी दिन गइरहेका छौ ।

डुरियनका फाइदा

-भिटामिन सीका कारण बुढो देखिनबाट सुरक्षित राख्छ।

– ब्लड सुगरलाई सन्तुलनमा राख्न सहयोगी भूमिका खेल्छ।

– पाचन शक्ति बलियो बनाउन मद्दत पुर्‍याउँछ।

– क्यान्सरको जोखिमबाट जोगाउँछ।

-कार्डियोभास्कुलर रोग हुनबाट बचाउन मद्दत गर्छ।

-हेल्दी फर्टिलिटी अर्थात् सेक्सुयल डिसफंक्सनका लागि सहयोगी फल।

-फोलियाको मुख्य स्रोतका कारण एनिमिया हुनबाट बचाइराख्छ।

-हड्डी सम्बन्धी रोग निदान गर्न मद्दत पुर्‍याउँछ।

-स्ट्रेस हुने समस्या छ भने पनि यो फल बहुउपयोगी सावित भएको छ।

– प्राकृतिक रुपमा डिप्रेसनबाट बचाउन मद्दत पुर्‍याउँछ।

– शरीरको वजन घटाउन अति राम्रो फल मानिन्छ।

-एमोनो एसिडका कारण इन्सोमनियाकोबाट बचाउँछ।

-यो फलमा शून्य कोलेस्टेरोल हुने हुँदा उच्च शक्ति दिने इन्धन मानिन्छ।

– यो फल प्राकृतिक शक्ति प्रदायक बुस्टर पनि हो जसले इम्युनिटी पावर बढाउन सहायता गर्छ।

– यो फल नियमित खान सके संक्रमण हुनबाट पनि धेरै बच्न सकिन्छ।

– हार्ट डिजिजका लागि पनि अति नै उपयोगी फल हो डुरियन।

– मुलायम छालाका लागि पनि यो फल नियमित खाँदा राम्रो मानिन्छ।

-नियमित निद्राका लागि यो अमृतसमान फल हो।

– बल्ड प्रेसर हुनबाट बचाउन पद्दत गर्छ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्