Logo
१९ बैशाख २०८१, बुधबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्प्युटर भिजन सिन्ड्रोम भनेको के हो? जान्नुहोस् यसबाट बच्ने उपायहरु

अहिलेको जमाना भनेको डिजिटल दुनियाँ हो ।बढी मात्रामा हामीले प्रविधि प्रयोग गर्ने गछौ हामी अफ्नो काम सहजतको लागि तर यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज गराए तापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।

यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टिमा आउने समस्यालाई एउटा नामले भन्दा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ।मेडिकल भाषामा डिजिटल आई स्ट्रेन पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका कारण
डिजिटल आई स्ट्रेन हुनुमा तल उल्लेख गरिएका कुराहरुको ठूलो भूमिका रहेको पाइन्छः

1.ब्लु लाइट
2. ग्लेर

3. लामो समयसम्म नजिकको काम
4.आँखा कम झिम्क्याउनु
5 .गलत मुद्रामा रहेर काम गर्ने
6.दृष्टिदोष

 लक्ष्यणहरु 
यो सिन्ड्रोम भएमा धेरै खालका लक्ष्यणहरु देखिन्छन्। सबै मनिसमा सबै खालका लक्ष्यण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ।

1. टाउको दुख्नु

2. आँखा थाकेको महसुस हुनु

3. आँखा चिलाउने, बिझाउने, पोल्ने

4. आँखा सुक्खा हुनु, आँसु बग्ने

5. रातिमा निद्रा घटेको महसुस हुनु

6. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाहीं एक वस्तुलाई दुई वटा देखिनु

7. घाँटी, काँध तथा ढाड दुख्नु

 बच्ने तरिका

3. कृत्रिम आँसु थोपाको प्रयोग

1. कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाह अनुसार वा कम्प्युटर प्रयोग गर्दा १र१ घण्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।

2. २०/२०/२० नियमको प्रयोगः जसमा २० मिनेट काम गरे पछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने भनिन्छ।

3. काम गर्ने वातावरण आफू अनुकूल र सहज बनाउनेः तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफू अनुकूल बनाउन सकिन्छ।

a.कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफू अनुकूल बनाउने,

b. कोठामा पर्याप्त उज्यालोको प्रयोग गर्ने,

c. काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,\

d. आँखा र स्क्रिन बीचको दूरी कम्तीमा २५ इन्च राख्ने

e.आफू काम गर्ने टेबल र कुर्सीको उचाइ आफूलाई सहज हुने गरी मिलाउने,

f. कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,

4. ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोगः यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।

५. रेगुलर आँखा जाँच गराउने
प्रत्येक ६/६ महिनामा दृष्टि विशेषज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनु पर्छ।

(स्वास्थ्य पत्रिका)

 

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्