Logo
२४ बैशाख २०८१, सोमबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दमक नगरप्रमुखलाई कोरोना संक्रमण, नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द

प्रदेश नं १ स्थित झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना पुष्टि भएको छ।

नगरपालिकाकी उपमेयर गीता अधिकारीका अनुसार सोमबार ओलीलाई कोरोना पुष्टि भएको हो। उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ। पहिले श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि मेयर र छोरालाई पनि संक्रमण देखिएको हो । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको छ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्