Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित ट्रम्पले अस्पतालबाट कारमा बाहिर आएर गरे समर्थकलाई अभिवादन

कोरोना भाइरसको संक्रमित भई अस्पतालमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक कारमा आएर समर्थकलाई अभिवादन गरेका छन्

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् ।

गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए । उनको यो कार्य विवादित बनेको छ । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भनी उनको गतिविधिको आलोचना भएको छ ।

ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र पुनः वाल्टर रिड मेडिकल सेन्टरस्थित प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । तर स्वीकृति दिने डाक्टर को हुन् भन्ने बारे नखुलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्दे दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए ।

उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताए । उनले भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें ।’ उनले पछिल्लो भोगाईलाई वास्तविक विद्यालय भने । ट्रम्प कारगेडमा निस्कँदा समर्थकहरु खुशी भएका थिए ।

 

 

 

 

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्