Logo
१७ बैशाख २०८१, सोमबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहार चुनाव : लालूका छोराहरु तेजस्वी र तेजप्रताप यादवसहित ६ जनाविरुद्ध हत्या आरोपमा मुद्दा दर्ता

भारत स्थित सदैव जातीय राजनीतिमा रुपलिएका बिहार प्रदेशको आसन्न चुनाव नजिकिए लगतै त्यहाँ राजनीति हलचल बढेको छ ।

कुनैबेलाका सार्वधिक ठूला राजनतिक घराना मानिने लालू यादवका परिवार यतिबेला कम्जोर बनिरहेको अवस्था भने लालू स्वयं जेलमा रहेका छन् ।

लालू यादवको पार्टी राष्ट्रिय जनता दल यतिबेला उनका छोराहरुले चलाइरहेका छन् । कयौ मुद्दा झेलिरहेका लालूका २ छोराहरुविरुद्ध पनि मद्दा दायर भएको छ ।

बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव र उनका दाइ तथा पूर्व मन्त्री तेजप्रताप यादवसहित ६ जनाविरुद्ध हत्या आरोपमा उजुरी दर्ता भएको हो ।

तेजस्वीसहित ६ जनामाथि पार्टीका पूर्व नेता शक्ति मलिकको हत्या आरोपमा उजुरी दर्ता भएको हो । पूर्णिया जिल्लामा उनीहरुविरुद्ध उजुरी दर्ता भएको हो ।

मलिकको आइतबार बिहान हत्या भएको थियो । उनी राष्ट्रिय जनता दलको अनुसूचित जाति–जनजाति प्रकोष्ठका सचिव पनि थिए ।

तेजस्वी, तेजप्रताप वा राष्ट्रिय जनता दलको तर्फबाट यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक शक्ति मलिककी श्रीमती खुशबू देवीको बयानको आधारमा ६ जनाविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । तेजस्वी र तेजप्रतापसहित अनिल कुमार साधु, कालू पासवान, सुनिता देवी र मनोज पासवानविरुद्ध उजुरी दर्ता भएको हो ।

अनिल कुमार साधु लोक जनशक्ति पार्टीका वरिष्ट नेता तथा केन्द्रीय मन्त्री रामविलास पासवानका ज्वाईँ तथा राजदका अनुसूचित जाति-जनजाति प्रकोष्ठको पूर्णिया जिल्लाका अध्यक्ष हुन् ।

शक्ति मलिकका नजिकका व्यक्तिहरुका अनुसार उनले अररिया जिल्लाको रानीगञ्ज विधानसभा क्षेत्रमा पार्टीका तर्फबाट टिकट मागिरहेका थिए ।

हालै जारी गरेको एक भिडियोमा मलिकले पार्टी नेतामाथि गम्भीर आरोप लगाएका थिए। पार्टी नेतासँग रुष्ठ भएका उनले रानीगञ्ज क्षेत्रबाट निर्दलीय प्रत्यासीका रुपमा चुनाव लड्ने तयारी गरेका थिए ।

शक्ति मलिककी आमाका अनुसार आइतबार बिहान ६ बजेतिर तीनजना घरमा पसेर उनको हत्या गरेको बताएकी छन् ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्