Logo
६ जेष्ठ २०८१, आईतबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् । पछिल्ला दिनहरुमा होपले चुनावी अभियानका क्रममा ट्रम्पसँग नजिक भएर काम गरेकी थिइन्।

ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

 

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्