Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुख खान, रणबीर कपुरसहित यी ४ अभिनेताले ‘ड्रग्स’ लिएको खुलासा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या गरी निधन भएको पनि ३ महिना विति सक्यो तर अझै पनि बलिउड बजारमा उक्त घटना सेलाएको छैन ।

उक्त घटनासँग जोडिएका कुराहरुमा अझै पनि अनुसन्धान चलिरहेको छ । त्यहि प्रकरणमा अहिले बलिउडका धरै कलाकारको लागुऔषधसँग नाम जोडिएको छ ।

लागुऔषधमा थुपै नायक नायिकाको नाम जोडिन पुगेको छ । अहिले लागुऔषधको प्रयोग गर्नेमा नायिकापछि एकैपट चार जना अभिनेताको नाम जोडिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले गरेको अनुसन्धानमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको हवाला दिँदै अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्दै आएको बताएको छ ।

बलिउड नायकहरुको नाम लिँदा ती अधिकारीले ए, डी, आर र एस कोडमा नाम प्रयोग गरेको र ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डी’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणवीर कपूर र ‘एस’ को अर्थ शाहरुख खान भएको दाबी गरिएको छ ।

दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

यसअघि बलिउड नायिका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर लगायतका नायिकाहरूले ड्रग्स सेवन गरेको विवरणहरू सार्वजनिक भएका थिए ।

यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

 

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्