Logo
१५ बैशाख २०८१, शनिबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! घरमै बसेर गर्न सकिने यी व्यायाम, के छन् फाइदा ?

अहिलेको बर्तमान समयमा विश्वमाहामारी कोरोना भाइरसबाट विश्व आतंकित भइरहेको छ । कोरोना रोकथामको लागि बैज्ञानिको सक्दो प्रयास भइरहेको छ कोरोनाविरुद्धको खोप निर्माण प्रक्रियामा तर पनि अझै सफता पाउन सकेको छैन सोचे जस्तो त्यसैले कारोनाबाट विश्वमा १० लाख नाघिसकेको छ ।

त्यसैले अहिलेको अवस्थामा आफ्नो सुरक्षा गर्नु एकदमै आवश्यक छ । पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ।

कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ।

केही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन कोभिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन्।

शारीरिक व्यायाम
मांसपेसीका लागि

-मांसपेसी बलियो बनाउने व्यायाम: सभार उचाल्ने, पुस-अप, स्क्वाट, लन्जेज आदि।

-मांसपेसी तन्काउने व्यायामस् घाँटी, कम्मर, हात-खुट्टा तन्काउने।

– लामो समय एउटै पोजिसनमा नबस्ने र आफू बसेको पोस्टर सही छ या छैन ध्यान दिने नत्र बस्दा बस्दै पनि अनेक समस्या निम्तिन्छ।

– सन्तुलन राख्ने व्यायामस् एक खुट्टामा उभिने, बल एक्सरसाइज आदि।

श्वासप्रश्वासका लागि

यी व्यायाम कोभिडको संक्रमणबाट निको भइसकेका स्वस्थ र श्वास फेर्नमा समस्या भएका व्यक्तिले सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्शमा अवलम्बन गर्न जरुरी छ।

– गहिरो श्वासस् एउटा हात छाती र अर्को पेटमा राखी फोक्सो र पेटको चाल महसुस गर्दै नाकले लामो श्वास तान्ने,५ सेकेन्ड रोक्ने र ओठलाई सिठी बजाएको जस्तो गरी विस्तारै बाहिर फ्याल्ने। श्वास तान्दा पेट फुल्छ र छोड्दा खुम्चिन्छ।

– हमिङस् नाकले लामो श्वास तान्ने र जिब्रोलाई मुखको तालुमा राखेर माहुरी कराएको जस्तो गरी ध्वनि निकाली श्वास बाहिर फ्याल्ने। यस प्रक्रियाले नाइट्रिक अक्साइडको उत्पादन बढाई नशा प्रणाली, रक्त सञ्चालन र अक्सिजन फ्लो राम्रो गर्छ।

– मुस्कुराउनेस् हात दुवै साइड तन्काएर लामो हाई गर्ने र हात तल झारेर ३ सेकेन्ड मुस्कुराई श्वास बाहिर फ्याल्ने। एक मिनेटसम्म यो प्रक्रिया दोहोर्‍याउने।

यी व्यायामले छातीको मांसपेसीलाई खुलाउँछ, डायफ्रामलाई तन्किने ठाउँ दिन्छ,फोक्सोको चाल,गतिविधि र कार्यलाई राम्रो बनाउँछ।

मुटुका लागि
– आफ्नो आँगनमा हिँड्नेस् ३०-४५ मिनेट प्रतिदिन हिँड्ने अथवा जगिङ गर्ने। कम्तीमा ७०००-१०००० पाइला प्रतिदिन शारीरिक सक्रियताको परिभाषा हो।

– स्किपिङ, नृत्य, एरोबिक्स आदि।

– घरको सिँढी माथितल हिँड्नेस् कम्तीमा २-३ पटक प्रतिदिन १०-१५ मिनेट (घुँडाको समस्या नभएमा)।

मानसिक व्यायाम
शरीर ठिक तर मानसिक तनाव छ भने मानिसलाई मनको बाघले खान सक्छ। जस्तोसुकै परिस्थितिमा पनि मनोबल उच्च राख्ने अभ्यास गर्नुपर्छ।

– सकारात्मक सोच राख्ने, ग्राम्य कथामा बढी चासो नदिने

– दैनिक प्रेरणादायक किताब अध्ययन गर्ने

– सिर्जनशील कार्यमा मन लगाउने

– मन शान्त पार्ने म्युजिक श्रवण गर्ने

– आफ्नो परिवार, इष्टमित्रसँग मनको कुरा राख़्ने

आध्यात्मिक व्यायाम

माछालाई पानी जस्तै हाम्रो जीवनलाई आध्यात्मिकता आवश्यक छ। समाजको कर्तव्यबीच अध्यात्मिकतालाई बिर्सिनु हुन्न।

– आफ़नो श्रद्धा अनुसारको मन्त्र जपलाई समय दिने

– दैनिक बिहान ध्यान र प्राणायाम गर्ने

– आध्यात्मिक शास्त्र अध्ययन गर्ने

– सात्विक आहार सेवन गर्ने

व्यायामका फाइदा

-अंग-प्रत्यंग सक्रिय र बलियो राख्ने

– रोग प्रतिरोधात्मक क्षमता बढाउने

– मनोवैज्ञानिक सन्तुलन कायम राख्ने

– आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्ने

– तनावमुक्त बनाई राम्रो निद्रा लाग्ने ( स्वास्थ्य पत्रिका)

 

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्