Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुइगम चपाउने व्यक्तिको मेमोरी शक्ति राम्रोे हुने : अनुसन्धान

समाजमा हाम्रो आफ्नो जिवन कालको कुनै न कुनै सयमा चुइगम नचपाउने कमै हौँला। हामीले चपाउने चुइगमको फाइदाको बारेमा सायद हामी अन्जानै हौँला ।

यस्तै चुइगम चपाउने आदको बारेमा मेक्सिकोको एक विश्वविद्यालयको ताजा अनुसन्धान गरेको छ । उक्त अनुसन्धान अनुसार चुइगम चपाउने व्यक्तिको दिमागको मेमोरी राम्रो हुन्छ ।

लुइसयिना स्टेटमा गरिएको शोधमा दिउँसोको खाना पछि चुइगम चपाएमा पुरै दिनमा भोक कम लाग्छ । तर धेरै मानिसहरुलाई यसको फाइदाको बारेमा जानकारी छैन् ।

वास्तवमा चुईगम चपाउनाले मानिसहरुको मुखबाट आउने दुर्गन्ध पनि हटाउँछ । यसको साथै क्यालोरी धेरै खाने पिउने मानिसहरु चुईगमको कारण खाँदैनन् ।

छोटो समयको दिमागको समस्या पनि समाधान हुन्छ ।चुइगम चपाउने व्यक्तिको दिमाग पनि छीटो चल्ने चाहिं होइन् ।

जानकारी अनुसार चुइगम चपाउँदा मुखबाट धेरै थुक निस्कन्छ । यसले डायजेस्टिव एसिडलाई पेटबाट मुखमा आउनबाट रोक्छ ।

चुइगम चपाउँनाले तनाब पनि कम हुन्छ । चुइगम चपाउँदा घबरावट कम हुन्छ । आफूलाई धेरै आनन्द महसुुुस हुन्छ ।

यसकारण खाना सजिलै पचाउँछ । पाचन क्रिया राम्रो हुन्छ । यसको साथै मुखमा भएका किटाणुपनि हट्नेछन् ।

कसैले त आफ्नो अनुहारको साइज बनाउन पनि चुइगमको प्रयोग गर्छन् । चुइगम चपाउँदा चिन कम हुन्छ र अनुहार गोलोबाट लामो देखिन्छ ।

जसको गलामा मोटोपना छ उनीहरुले चुइगम चपाउनु आवश्यक हुन्छ । यस्तो समस्या भएकालाई एक प्रकारको अभ्यास पनि हो । एजेन्सी

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्