Logo
१७ बैशाख २०८१, सोमबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक स्थगित, बालुवाटारमा मंगलवार बस्ने

नेकपाको आज बस्‍ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । ।

स्रोतका अनुसार पेरिसडाँडामा आज सोमबार दिउँसो १ बजे बोलाइएको बैठक भोली मंगलवार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो ।

थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको ति नेताले बताएका छन् । मन्त्रीमण्डल पुनर्गठनका लागि नेकपा सचिवालयमा तीन, चार ओटा स्वरुप सम्वन्धी प्रस्ताव पेश भएको छ ।

हिजोको बैठकले मन्त्रीमण्डलमा फेरबदल गर्ने र राजनीतिक नियुक्तिहरुका बारेमा पनि छलफल गर्ने निर्णय गरेको थियो ।

सचिवालयका एक नेताका अनुसार मन्त्रीपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल हुनेछ ।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्