Logo
६ बैशाख २०८१, बिहीबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पायल घोषले लगाइन् अनुराग कश्यपमाथि यौन दुर्व्यवहारको आरोप

अभिनेत्री पायल घोषले अनुराग कश्यपमा यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी छिन्।

 

पायल घोषले अनुराग कश्यपलाई मेन्सन गरेर ट्वीटरमा लेखेकी छन्, ‘अनुराग कश्यपले मसँग जबरजस्ती गर्ने प्रयास गरेका थिए। नरेन्द्र मोदी जी तपाईँसँग अनुरोध छ कि यीनलाई कानूनी कारबाही होस् र देशलाई थाहा होस् वास्तविकता के हो । मलाई थाहा छ यो भनिरहनु मेरा लागि हानिकारक छ र ममाथि सुरक्षा खतरा बढेको छ। कृपया सहयोग गरिदिनुहोस्।’

उही समयमा अनुराग कश्यपले आफुमा लगाइएको आरोपलाई अस्वीकार गरे। अब पायल घोष आज टकसँग कुराकानी गर्छिन् र उनीसँग भएको त्रासदीलाई बयान गरे।

बलिउड अभिनेत्री पायल घोषले चलचित्रकर्मी अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्।
अनुरागले अर्को ट्वीटमा भनेका छन्, ‘ मेडम दुईवटा विवाह गरेके छु अपराध हो भने मञ्जुर छ । धेरै प्रेम गरेको छु त्यो पनि कबुल गर्छु।’

अनुराग कश्यपले पायलको आरोपको जवाफमा भनेका छन्, ‘चाहे मेरो पहिलो श्रीमती हुन् या दोस्रो या कुनै प्रेमिका या अरु कुने अभिनेत्री जोसँग मैले काम गरेको छु या ती सबै युवतीहरु जो मसँग टीममा रहेर काम गर्छिन्, या ती सबै जोसँग मैले उठबस गरे एक्लै या जनताकाबीचमा । म आरोप लगाइ जस्तो व्यवहार न कहिल्यै गर्छु न यस्ता क्रियाकलाप सहन्छु । बाँकी जे हुन्छ हेर्दै जाउँला । तपाईँको भिडियोमा ने देखिन्छ कि कति सत्य हो कति गलत, तपाईँलाई प्यार । तपाईँको अंग्रेजीको जवाफ हिन्दीमा दिएकोमा माफी।’

अनुराग कश्यपले पनि आफूमाथि लागेको आरोपबारे मध्यरातमा चारवटा ट्विट गरेका छन्। उनले लेखेका छन्, ‘क्या बात१ यति समय लिएर मलाई चुप लगाउने प्रयास भयो । ठिकै छ, मलाई चुप लगाउने प्रयासमा यति झुठ बोलियो कि महिला भएर पनि महिलाको खेदो खनियो । अलिकति मर्यादा राखौँ मेडम । म मात्रै यति भन्छु कि जो आरोपहरु ममाथि लागेका छन् यी सबै बदनियतपूर्ण छन्।’ एजेन्सी

 

 

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्