Logo
२५ बैशाख २०८१, मंगलबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्कृति र इतिहासका आधारमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छौं : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा साझा संस्कृति र इतिहासका आधारमा भारत-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार परेको भारतीय समकक्षी मोदीको जन्मदिनमा दिएको शुभकामनाप्रति धन्यवाद व्यक्त गर्दै मोदीले सो धारणा व्यक्त गरेका हुन्।

भारतीय समकक्षी मोदीलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर निकटरुपमा सहकार्य गर्ने’ धारणा व्यक्त गरेका थिए।

‘हाम्रा साझा संस्कृति र इतिहासका आधारमा भारत-नेपाल सम्बन्धलाई हामी अझ सुदृढ बनाउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीको शुभकामना ट्विटको जवाफमा मोदीले भनेका छन्।

 

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्