Logo
२५ बैशाख २०८१, मंगलबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका जावेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

दुई देशबीचका संसद्को सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उनले बताए ।

राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका व्यक्तित्वसँग पनि बिदाइ भेट गरेका छन् ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्