Logo
५ जेष्ठ २०८१, शनिबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियाको मेलबर्नमा लकडाउन विरोधी प्रदर्शनमा ७४ जना पक्राउ

google

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनको विरोधमा अस्ट्रेलियाको मेलबर्नमा भएको प्रदर्शन ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्रदर्शनमा झण्डै २५० जना उत्रिएका थिए र त्यसमध्ये ७४ जना पक्राउ परेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

धेरै प्रदर्शनकारीहरु आक्रोशित रुपमा प्रस्तुत भएको र सुरक्षा अधिकारीलाई हिंसाको चेतावनी दिएको प्रहरीले बताएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

अस्ट्रेलियामा भिक्टोरिया राज्य कोरोना भाइरस महामारीको इपिसेन्टर हो । कुल संक्रमित मध्ये ७५ प्रतिशत तथा ज्यान गुमाउने मध्ये ९० प्रतिशत भिक्टोरियाका छन् ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्