Logo
६ जेष्ठ २०८१, आईतबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेबनान राजधानी बेरूतको पोर्टमा फेरि भीषण आगलागी, ट्राफिक डाइभर्ट

लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ । आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ । त्यहा तेल र ट्यांकर राखिएको थियो ।

यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो । लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो ।

आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ । आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन ।

यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ । यसअघि मंगलबार नै आगलागी भएको थियो । तर उक्त आगो तत्कालै निभाएको थियो ।

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्