Logo
२६ बैशाख २०८१, बुधबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग भएको १९५० को सन्धि खारेज गरेर नयाँ सन्धि गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता नारायणकाजी श्रेष्ठले भारतसँग रहेको सन् १९५० को सन्धि खारेज गरी नयाँ सन्धि गर्नुपर्ने बताएका छन् ।

नेकपाका प्रवक्ता समेत रहेका उनले सन् १९५० को सन्धि असमान र असान्दर्भिक भएको बताउँदै सार्वभौमिक समानताको सिद्धान्तको आधारमा भारतसँग नयाँ सन्धि गर्नु पर्ने बताएका हुन्।

भारत नेपाल सम्बन्धका विषयमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई भारतको सुरक्षा छाता राख्ने जस्ता प्रावधान समेत रहेको यो सन्धिबाट भाग्न नसक्ने बताए ।

उनले विश्वको महाशक्ति राष्ट्र बन्न उद्त भारतले छिमिकी मुलुकको सम्बन्ध सुधार गर्नुको विकल्प नरहेको बताए। ‘हाम्रो मात्रै होइन, भारतको पनि आवश्यकता हो, महाशक्ति राष्ट्र बन्न उद्त भारतले विश्व जगतलाई देखाउनका लागि भारत वार्तामा बस्नै पर्छ’, उनले भने।

‘त्यो सन्धि असमान छ, अपमानजनक छ, हाम्रो सर्वभौमसत्तालाई कुण्ठित गरेको छ’, उनले भने, ‘त्यसका कारण १९५० को सन्धि विस्थापन गरेर नयाँ सन्धि गर्नुपर्छ।’

उनले भारतसँग संवादबाट समस्या समाधान गरी २१ औँ शाताब्दीको सम्बन्ध स्थापति गर्नु पर्ने बताए। उनले नेपालको भूभाग कसैलाई प्रयोग नगर्न दिने पनि बताए।

उनले छिटो वार्ताको वातावरण बन्नेमा विश्वास व्यक्त गरे।उनले सीमाका विषयमा अहिल्यै वार्ताको विकल्प सोच्न नसकिने बताए। उनले उच्च राजनिितक तथा कूटनीतिक वार्ताको विकल्प नरहेको बताए।

नेपालको तर्फबाट भारतलाई वार्तामा ल्याउने प्रयास भइरहेको बताए। इतिहासमा पहिलो पटक अतिक्रमित भूमि हाम्रो भनेर नक्सा प्रकाशन गरिसकेको छौँ’, उनले भने, ‘त्यसैको संसादबाट अनुमोदन पनि भइसकेको छ ।’

उनले वर्ताको लागि प्रमाण संकलनका काम पनि भइरहेको बताए।उनले राष्ट्रिय एकताका साथ प्रमाण सुरक्षित गर्दै भारतसँग वार्ता गरी सीमा समस्या समाधान गरिने बताए।

 

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्