Logo
८ बैशाख २०८१, शनिबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! शिरदेखि पाउसम्म औषधीय गुण बोकेको सजिवनका फाइदा

भारतबाट सुरू भएको सजिवनको खेती बिस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभरि फैलियो । यो तरकारीको औषधीय गुण यति धेरै छन् कि सायदै अन्य कुनै तरकारी, सागसब्जीमा पाइएला ।

यसको प्रयोग दक्षिण भारतमा व्यापकरुपमा गरिन्छ भने अहिले नेपालमा पनि यसको खेती गर्न थालिएको छ । यसको पातमा पनि औषधीय गुण हुन्छ भने यसलाई सितलचिनी, सहजन, सजिवनको नामले समेत चिनिन्छ ।

यसको छिप्पिएको कोसामा छोक्रा (रेसा) हुने हुँदा यसलाई धेरैले मन पराउँदैनन्, तर कलिलोमा यो निकै मुलायम हुन्छ ।  सजिवन अत्यन्त लाभदायक वनस्पति हो ।

नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ । सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ ।

सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ । आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ ।

यसले शीरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ भनिन्छ । नेपालमा सजिलै पाइने भए पनि यसको औषधीय गुणको बारेमा कमैलाई मात्र थाहा छ ।आज हामी तपाइलाई सजिवनको फाइदाबारे चर्चा गर्ने छौ ।

फाइदाहरु

-कलेजो खराब हुनबाट जोगाउँछ।

-हड्डी मजबुत बनाउन भूमिका खेल्छ।

-सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।

-उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।

-कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।

-गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।

-रोघा-खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।

-सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ।

-छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।

-सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ।

-सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ।

-सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।

-सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।

-चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ।

-सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ।

-पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ।

-मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।

छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ।

-शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।

-सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ। (पत्रपत्रिका)

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्