Logo
६ जेष्ठ २०८१, आईतबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु

प्रदेश नं २ स्थित धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका-३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो ।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्