Logo
२४ बैशाख २०८१, सोमबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं ५ स्थित रुपन्देहीमा शुक्रबार बिहान ३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने २ जना सिद्धार्थनगरका र १ जना बुटवलका हुन्। उनीहरुमध्ये २ जनाको अस्पतालमा उपचार भइरहेको थियो भने एकजनाको घरमै मृत्यु भएको हो।

सिद्धार्थनगर – ८ का मिर्गौलाका बिरामी डायालिसिस गराउन अस्पताल जाने तयारी गरेका ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो।

भरतपूर अस्पतालमा उपचार गराएर आएका उनी कोरोना भाइरस संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।

भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको शाहले जानकारी दिए।

यस्तै बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार सिद्धार्थनगर नगरपालिका– ७ की महिला स्वास्थ्य समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन।

उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको आलमले जानकारी दिए।

शुक्रबार बिहान नै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार बुटवल-८ मिलनचोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत् थिए।

मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको गौतमले जानकारी दिए। यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

 

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्