Logo
१८ बैशाख २०८१, मंगलबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउड अभिनेता डवेन जोन्सनसहित पूरै परिवारलाई कोरोना संक्रमण

विश्वका सर्वाधिन आय गर्ने हलिउड अभिनेता डवेन जोन्सन र उनको परिवारका सबै सदस्यालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले आफूसहित श्रीमनी र दुई छोरीमा पनि संक्रमण देखिएको बताएका हुन्।संक्रमणबाट जोगिनका लागि सम्पूर्ण सावधानी अपनाउँदा पनि आफूहरु संक्रमित भएको उनले उल्लेख गरेका छन् ।

स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिएका छन् । ४८ वर्षका जोन्सन, उनकी ३५ वर्षे श्रीमती लरेन र चार तथा दुई वर्षका छोरीहरु ज्यासमिन र टिनालाई साढे दुइ हप्ताअघि कोरोना संक्रमण भएको हो ।

आफ्नो परिवार तथा नजिकका साथीबाट संक्रमण भएको हुन सक्ने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्