Logo
६ जेष्ठ २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोह्रश्राद्धका लागि जनकपुरका कुण्डहरुमा तर्पण र पिण्ड दिनेहरुको घुइँचो

तस्विर : टुडेपाटी

प्रदेश २ को जनकपुरधाम सहित देशभर १६ दिनसम्म दिवंगत पितृलाई सम्मानका साथ दिईने तर्पण विधि अर्थात सोह्रश्राद्ध आजदेखि विधिवत रुपमा सुरू भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरू गरिन्छ ।

पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथिका दिन विहानैदेखि जनकपुरको गंगासागर लगायतका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुले स्नान गरेका छन् ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस पक्षलाई पितृपक्ष अर्थात सोह्रश्राद्ध भनिन्छ ।

यसपटक भने कोरोना महामारीका कारण तराईका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाले अधिकांशले आफ्नो घरमै यो विधि पूरा गरेका छन् ।

पितृपक्षको अवधिभर दिवङ्गत आत्माहरु पृथ्वीमा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड ग्रहण गर्ने विश्वासले हिन्दूहरुले यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका हुन्छन् ।

असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भएपनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको हो ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्