Logo
६ जेष्ठ २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल हिन्दु राष्ट्र हुने की धर्मनिरपेक्ष त्यो भारतले होइन नेपालले आफै तय गर्नेछ : प्रदीप ज्ञवाली

संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतको सम्बन्धको बीचमा धर्मलाई ल्याउन नहुने तर्क गरेका छन् । उनले धर्म कुनै पनि देशको आन्तरिक मामलामा पनि ल्याउन नहुने बताएका छन् ।

‘मेरो विचारमा धर्म कुनै पनि देशको आन्तरिक मामलामा ल्याउन हुँदैन,’ बीबीसी हिन्दीसँगको अन्तवार्तामा ज्ञवालीले भने, ‘यसलाई दुई देशको सम्बन्धको बीचमा पनि ल्याउन हुँदैन ।’

उनले धर्म र संस्कृति अलग विषय भएकाले एक अर्कालाई घुलमिल गर्न पनि नहुने तर्क गरे । नेपालमा धर्म निरपेक्षता हटाउनुपर्ने र हिन्दु राष्ट्रको एजेन्डा कतिपय नेताहरुबाट उठिरहेको र भारतको पनि चाहना रहेको विषयहरु उठिरहँदा ज्ञवालीको भनाई सार्वजनिक भएको हो ।

बीबीसी हिन्दीले भारत नेपाल धर्मनीरपेक्ष देश चाहन्नथियो ? भनी प्रश्न समेत गरेको थियो । जसमा २६ मे २००६ मा तत्कालिन भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपाल हिन्दु राष्ट्र भएकोले यसलाई मेटाउन दिन नहुने भनी माओवादीको दबाबमा हटाउन खोजिएको बताएको विषय समेत उठाइएको छ ।

नेपालको संविधानमा हिन्दु राष्ट्र बनाइएको सन् सेम्टेम्बर २०१५ को बखत बेला भारतमा हिन्दुवादी नरेन्द्र मोदी प्रधानमन्त्री भएको अवस्थाबारे समेत उल्लेख गरिएको छ ।

नेपालमाथि भारतले धर्मको विषयमा दिएको विवादबारे सोधिएको प्रश्नमा प्रदीप ज्ञवालीले धर्मनिरपेक्ष देश बन्ने नबन्ने नेपालले तय गर्ने विषय भएको र यो कसैको दबाबबाट सम्भव हुने विषय नभएको बताए ।

उनले भने, ‘मलाई लाग्दैन कि कुनै दबाब थियो, यदि कुनै दबाब थियो भने पनि यो उनीहरुको निजी विचार हुनसक्छ ।’ २०१५ मा संविधान निर्माणको बखत ठुलो संकटको अवस्था पनि रहेको भन्दै भारतको तर्फबाट नाकाबन्दी भएर समस्या बढेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल कुनै भौगोलिक स्थितिको कारण पछि पर्न नचाहेको र कुनै एक मुलुकमा निर्भर भइरहन नचाहेको बताए ।

उनले भने, ‘हामी पारस्परिक निर्भरताको पक्षमा छौं, त्यसैले नेपालको पारवहन सुविधामा विविधता र विस्तार होस् भन्ने चाहन्छौं ।’

उनले अब चीनको साथमा पनि पारवहन सुविधा बढाउने कोशिस भइरहेको बताएका छन् । भारत र चीन दुवैको साथ विकास यात्रामा जोडिएर बढ्न चाहेको बताए ।

 

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्