Logo
१५ बैशाख २०८१, शनिबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा बढी कोरोना संक्रमित संख्या रहेको प्रदेश २ मा पनि प्लाज्मा थेरापी उपचार सुरु

सबै भन्दा बढी कोरोना संक्रमित संख्या रहेको प्रदेश २ स्थित पर्साको वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ।

झण्डै एक महिनाको प्रयासपछि वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न सफल भएको डाक्टर उदय नारायण सिंहले बताए ।

आइतबार राति नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर सिंहले जानकारी दिए ।

नारायणी अस्पतालका स्टोर प्रमुख दामोदर अधिकारीले थेरापीको लागि प्लाज्मा दिएका थिए । शनिबार अस्पतालमा भर्ना भएका सर्लाहीका एक जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

डाक्टर सिंहका अनुसार, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले तय गरेको मापदण्ड अनुसार नै वीरगन्जमा पनि संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

निमोनिया समेत देखिएका ती पुरुषलाई नारायणी अस्पतालको आइसियुमा राखेर प्लाजमा थेरापीबाट उपचार गरिएको हो । प्लाज्मा चढाइएका बिरामीको अवस्था अहिले क्रिटिकल रहे पनि सुधारको लागि चिकित्सकहरुले निरन्तर प्रयास जारी राखेको डाक्टर सिंहले बताए।

प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमै प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्न थालिएको उनले बताए । यसअघि काठमाडौं उपत्यकाबाहेक प्रदेश १ को धरान र प्रदेश ५ का बुटवलमा प्लाज्मा थेरापी विधिबाट संक्रमतिको उपचार गरिएको थियो ।

 

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्