Logo
२ जेष्ठ २०८१, बुधबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलिन बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले कोरोनाकालमा बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिन निर्देशन दिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले आपसी सहमतिमा लकडाउनका बीचमा एटिएम सेवा, इन्टरनेट, मोबाइल बैंकिङ लगायत विद्युतीय कारोबार निशुल्क गरेका थिए ।

सरकारले गत साउन ६ गतेदेखि लकडाउन खुल्ला गरेसँगै बैंक तथा वित्तीय संस्थाले पुनः शुल्क लिन थालेका थिए ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७६ त्यसपछि गत साउन १५ सम्म जारी भएका सम्पूर्ण परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गर्दै उक्त निर्देशन दिएको हो ।

सोही निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले अर्को निर्देशन जारी नहुँदासम्म एटिएम शुल्क लिन नपाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्