Logo
१२ श्रावण २०८१, शनिबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! मधुमेहदेखि पुरुषको विर्यमा हुने कमी ठिक बनाउने लज्जावति झारको थप फाइदा

लज्जावति झार यो प्राय खोलाको किनारमा पाइने गर्दछ । लज्जावति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ।

यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो। हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो।

लज्जावती झार अर्थात बुहारी झारलाई अङ्ग्रेजीमा टच मि नट(touch-me-not) भनिन्छ । लज्जाबती झारलाई विभिन्न ठाँउमा विभिन्न नामले चिनिन्छ- लज्जेझार, लज्जेकाँडा आदि। यो नाम जस्तै छ छोयो कि लजाइहाल्छ।

गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

लज्जाबति नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लज्जाबति झारले पनि काटेको घाउलाई निको बनाउँछ।

आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डि र मांस-पेशिको आंतरिक घाउको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ।

यति मात्रै होइन यो झार बहु उपयोगि छ। यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसंग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुन्छ।

लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसंग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ।

लाजवन्ति झारको पातको धुलोलाई मख्खनसंग मिलाएर बाबाशिरको घाउमा दिनस्को दुइ वा तिनपटक लगाउनाले छिट्तै निको हुन्छ।

त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ। यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ।

त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित सेवन गर्नाले शारिरिक दुर्बलता पनि कम हुन्छ। लाजवन्ति र र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्तनमा हल्का मालिस गर्नाले स्त्न झोलिने समस्याबाट मुक्त हुन सकिन्छ।

लज्जाबती झारले गाइबस्तुको थुनेलो भएको पनि ठिक हुने गर्दछ । एजेन्सीको सहयोग

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्