Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमी, सिएमएलगायतका २३८ प्राविधिक विषयको एसएलसी सरहको कार्यक्रम खारेज

सिटिइभिटी अन्तर्गत स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहको कार्यक्रम राष्ट्रिय चिकित्सा शिक्षा आयोगले खारेज गरेको छ ।

साउन ३० गते बसेको आयोगको बैठकले प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गरेको उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले जानकारी दिए ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको उनले बताए ।

पहिला -पहिला विद्यार्थीहरु कम थिए र खारेज गर्नु पर्ने थिएन तर अहिले विद्यार्थी वृद्धि भएकाले प्राविधिक एसएलसी सरहको कार्यक्रम बन्द गर्ने निर्णय गरेका हौ गिरीले भने ।

यो निर्णयपछि अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन पनि खारेज भएको छ ।

उनले यो खारेज व्यवस्था ऐनमा नै रहेको र आफसूहरुले सो व्यवस्थाको कार्यान्वयन गर्न खोजेको बताए ।

उनका अनुसार अब त्रिभुवन विश्वविद्यालयले संचालन गर्दै आएको पिसिएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन पाइने छैन ।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्