Logo
२४ बैशाख २०८१, सोमबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञा लागू भएदेखि काठमाण्डौमा ५ हजारभन्दा धेरै गाडीलाई कार्वाही

कोरोना भाइरस संक्रमण फैलिएसँगै काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएको छ सो लागू भएदेखि यता ५ हजारभन्दा धेरै गाडीलाई होल्ड गरि कार्वाही गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन २९ सय २ वटा गाडीलाई होल्ड गरिएकोमा हिजो ७२३ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

होल्डमा राखिएका गाडीलाई बेलुकी ८ बजे मात्रै छाड्ने गरिएको छ । सङ्क्रमणदर बढ्दै जाँदा अतिआवश्यक गाडीबाहेक अरुलाई कडाइ गरिएको महाशाखाका सूचना अधिकारी एसपी बामदेव गौतमले बताए ।

सरकारले अनावश्यक घरबाट बाहिर ननिस्कन, निस्कनै परे स्वास्थ्यका मापदण्ड पालना गर्न र सुरक्षित बन्न आग्रह गरिरहेको छ ।

यस्तै निषेधाज्ञाको अवज्ञा गर्ने क्रम बढेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्