Logo
२४ बैशाख २०८१, सोमबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्र्यवहारविरुद्ध विरोध प्रदर्शन

कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रह गरिएको थियो ।

प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाई, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटको घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिदैं यस्ता संवेदनशील क्षेत्रमा कार्यरतहरुको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रदर्शनमा डेढ दर्जन बढी अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिए ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्