Logo
२४ बैशाख २०८१, सोमबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै एफडीएको आलोचना गरेका छन् ।

ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका हुन् ।

उनले ट्वीट गर्दै भने , “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।” संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड–१९ विरूद्धका तीन खोपहरू पर्खाइमा रहेका छन् ।

“एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले भने ।

निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उनको यो भनाइ आएको हो ।

राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोनाभाइरस नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४०० भन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३३२ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्