Logo
११ श्रावण २०८१, शुक्रबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! बट्टाईको अन्डा सेवन गर्नुका अनेकौं फाइदाहरु

नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ।

बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ।नेपालमा बट्टाईपालन व्यवसायका रूपमा विस्तार भैसकेको छैन, तर यसको मासु र अन्डाको बजार भने व्यापक छ ।

बट्टाईको अन्डा नेपाली बजारमा सिमित स्थानमा मात्र पाइन्छ । काठमाडौ आसपासका गाउँहरूमा फाट्टफुट्ट रूपमा उत्पादन गरिँदै आएको बट्टाईको अन्डा ६ र १२ वटाको प्याकिङमा उपलब्ध हुन्छ ।

घट्टेकुलो चोकस्थित मिनी डिपार्टमेन्टल स्टोर सप एट कायाले बट्टाईको अन्डा उपलब्ध गराउँदै आएको छ । प्रतिप्याकेट १ सय ८० देखि ४ सय रुपैयाँसम्म पर्ने बट्टाईको अन्डा धेरैको रोजाइमा पर्छ ।

विशेषतास् मानसिक तथा यौन क्षमता वृद्धि गर्नुका साथै छालासम्बन्धी समस्या, मधुमेह, वायुविकार, मृगौलाको पथरीका रोगीहरूले बट्टाईको अन्डा सेवन गर्ने गर्दछन् ।

 बट्टाईको अन्डा को फाइदाहरु

बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।

– हाड-जोर्नी भाँचेका हरुलाई छिट्टो हाड जोर्न अनि मजबुत बनाउन उपयोगी हुन्छ।

-बाथ र दम का रोगीहरु लाई उपयोगी हुन्छ।

-सुत्केरी महिला हरु को लागि अति उत्तम साथै अप्रेसन गरेका हरुको घाउ छिट्टो निको पार्न यसले ठुलो सहयोग गर्छ।

– शिघ्रपतन हुनेहरुको लागि अति राम्रो मानिन्छ।

-बच्चाहरुको पौष्टिक , बौद्दिक , तथा शारीरिक र मानसिक विकाश को लागि फलदायी हुन्छ।

-युरिक यसिड भएका हरुको लागि औषधि को रुपमा मानिन्छ।

-क्षयरोग निमोनिया र चिसोबाट बच्न को लागि यसको प्रयोग गरिन्छ ।

– वृद्दहरुको लागि यो अति राम्रो मानिन्छ ।

– ब्यायाम ( जिम )गर्ने हरुको शारीरिक बिकासस का लागि अतिनै उपयोगी हुन्छ ।

– यसैले बट्टाई अनि बट्टाई को अन्डा उपयोग गरौँ र आफु अनि आफ्नो परिवार को स्वास्थ्य सधैं स्वस्थ राखौं

-शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।

बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्