Logo
२९ बैशाख २०८१, शनिबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो गाउँ २०० बर्षदेखि घरका ढोका खुल्ला जहाँ चोरी गरे अन्धो हुने थाहापाउनुहोस् !

यो संसार सृष्टि देखिनै विविधताले निर्माण भएको छ । अझ झनै मानवको सृष्टिपछि त अझै विविधता भएको पाउँछौ ।

संसारका हरेक देशमा विविधता रहेको हुन्छ तर पनि नेपाल र भारत बढी विविधताले भरिएको देश हो । पूर्वीय सस्कृति बिकास भारतबाटै भएको पाइन्छ त्यसकारण भारतमा धरै नै धार्मिक विविधता रहेको देश हो ।

त्यहा स्थानै विच्छे धार्मीक मान्यता संस्कृति विकास भएको हामीले सुन्न र पढन् पाउँछौ । जहाँ स्थानै फरक हुदाँ रहन सहन र परम्परा पनि छुट्टै हुन्छ ।

जसलाई हामीले विश्वासै गर्न सकिदैन । आज हामी यस्तो अनौठो गाँउको बारेमा जानकारी दिन गइरहेका छौ जहाँ गाउँभरका मानिसहरु घरको ढोका खुला राखेर वनवास जान्छन् ।

भारत विहारको पश्चिम चम्पारण जिल्लामा २ सय वर्षदेखि चलिआएको एक परम्पराको आज पनि पालना गरीरहेका छन् । उक्त गाउँमा करिब ८ सय घर छन् । हरेक वर्ष घरका एक सदस्य वनवास जानु पर्छ ।

बैशाख महिनाको जानकी नवमीको दिन सबै गाउँका मानिसहरु वनदेवीको पुजा गर्न जंगल जान्छन् । जहाँ उनीहरु त्यो दिन त्यहि बस्नुपर्छ ।

उक्तदिनमा जंगलको बीचमा वनदेवीको पुजा गर्दै प्राकृतिक सम्पदाको रक्षाको लागि प्राथना गर्छन् ।वनदेवीको पुजाको दिन गाउँमा कोही व्यक्ति बसेमा राम्रो नहुने विश्वास गर्दै आएका छन् ।

वनदेवीको पुजा गर्दा महिलाहरु प्रसाद बनाउने र पुरुषहरुले पुजा गर्दछन् । सबै जंगल जाने हुँदा गाउँभरीका घरहरु भने खुल्ला राख्छन् ।

उनीहरुले त्यो दिन कसैले चोर्ने प्रयास गरेमा जिन्दगी भर अन्धो हुने विश्वास गर्दै आएका छन् । त्यो दिन सुर्यास्त नहुँदै जंगल गएर सुर्यास्तसम्म जंंगलमा नै बस्नु पर्छ । एजेन्सी

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्