Logo
१२ श्रावण २०८१, शनिबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या १११ पुग्यो

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण तिब्र फैलिरहेको अवस्थामा आज थप ४ जनाको कारोनाबाट मृत्यु भएको छ ।

पोखरामा दुई तथा ललितपुर र बाँकेमा एकरएक जनाको मृत्यु भएको हो ।तनहुँ र कास्कीका १र१ जनाको पोखरामा ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखराको वडा नम्बर १६ दीपमा बस्ने ८७ वर्षका पुरुषको आज बिहान र तनहुँ ब्यास १ की ५० वर्षकी महिलाको गएराति मृत्यु भएको हो ।

ज्यान गुमाएकी तनहुँकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचार भैरहेको थियो ।

यस्तै ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

उनका अनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।उनलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको गेलालले जानकारी दिए ।

यस्तै गएराति बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ ।

ज्वरो आएपछि अस्ति आइतबार अस्पतालमा भर्ना गरिएका पुरुषको हिजो कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । तर आज ज्यान गुमाएका चार जनाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।

 

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्